नेपाल ञिङमा पाल्युल संघले गाउँ गाउँमा बुद्ध धर्म फैलाउने

  प्रीतम कुमार तामाङ

काठमाडौं
परम पुजनिय चौथो अवतारी ल्हाटुल रिन्पोछेको प्रमुख आतिथ्यता तथा सांगे दोर्जे सिंतानको सभापतित्वमा बौद्ध धर्मलाई बिश्वभर फैलाउने उद्देश्यका साथ नेपाल बौद्ध निङमा पाल्युल संघको उद्घाटन भएको छ ।

बौद्ध धारा टोलमा सम्पर्क कार्यालय सुरुवात गरिएको उक्त उद्घाटन समारोहका बिशेष अतिथिको रुपमा बागमती प्रदेश सदस्य शोभा शाक्य, भिक्षु तपस्वी धम्मा महास्थविर लगायत विशिस्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष आचार्य थुप्तेनले श्रदेय ल्हाटुल रिन्पोछेले विगतमा देश बिदेशका विभिन्न ठाउँमा पुगि प्रवचनद्वारा बुद्ध धर्म प्रचार गर्ने मात्र नभै कोभिडका समयमा समेत राहत वितरण गरेको बताए । उहाँकै आदेशमा समाजका लागि अझै केही गर्ने उद्देश्यले यो संस्था नै खोलेर अघि बढेको जानकारी दिनुभयो ।
भिडियो रिपोर्ट ;

संस्थाका निवर्तमान तदर्थ समिती सचीव हरिश गोलेले संस्थाको मुख्य उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो

अन्य उपस्थित महानुभावहरुले बौद्ध धर्म प्रचार, बौद्ध धर्म भित्र रहेको अनभिज्ञता, यसको लागि यस संघले पुर्याउने विषयहरुमा आ आफ्ना धारणाहरु क्रमश यसरी राख्नुभएको थियो ।

अन्तमा सभापति साङगे दोर्जे सिंतानले सबैलाई धन्यवाद दिँदै बौद्ध धर्मको ज्ञान नेपालमा बत्ती मुनिको अँध्यारो जस्तै भएकोले संस्था नै खोलेर गाउँ गाउँमा, वस्ती वस्तिमा बुद्ध शिक्षालाई कसरी प्रचार प्रसार गर्ने भन्ने हेतुले खोलेको बताउनुभयो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार