प्रचण्ड–माधव गुटमा टिकट पनि पाउने र जित्न पनि सजिलो हुनसक्ने सोचेर पुर्व मन्त्री फर्किए

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेकपा भित्रको विवाद चुलिए संगै केपि खेमामा केन्द्रिय सदस्यको रुपमा चुनिएका पुर्व मन्त्री शेर बहादुर तामाङ अन्ततः प्रचण्ड-नेपाल गुटमा फर्किएका छन् । ओलि खेमामा समर्थन गरेको भन्दै जिल्लामा कार्यकर्ताको दबाव थेग्न नसकेर तामाङ दाहाल ओली पक्षमा फर्किएको स्रोतले बताएको छ । सिन्धुपाल्चोकमा केपी पक्ष भन्दा दाहाल नेपाल पक्षको पकड राम्रो मानिन्छ । केही नेताबाहेक जिल्लामा अधिकांश नेता दाहाल नेपाल पक्षमा नै छन् । जिल्लाको कुरा गर्दा २ नम्बर क्षेत्रमा तामाङ पार्टीभित्र सर्वमान्य नेताका रुपमा चिनिन्छन् । लामो समय तत्कालीन नेकपा एमालेमा माधव नेपालको पक्षमा रहेका तामाङ केपी पक्षमा जाँदा उनको अनुयायी नेता तथा कार्यकर्ता निराश भएका थिए ।

दाहाल–नेपाल पक्षमा रहँदा टिकट पनि पाउने र जित्न पनि सजिलो हुनसक्ने सोचेर नै तामाङ यता फर्किएकका हुन् ” नाम नबताउने सर्तमा एक नेताले भने ।

तामाङ समुदायको समेत बाहुल्य रहेको २ नम्बर क्षेत्रमा तामाङले लोकप्रिय मत समेत पाउँदै आएका थिए । उनी केपी पक्षमा जाँदा दाहाल–नेपाल खेमाको सर्वमान्य नेता नहुने र उनका पछि पछि लागेर नेता कार्यकर्ता केपी पक्षमा नजाने भएकाले उनी नेपाल पक्षमै फर्किएको बताइएको छ । दाहाल–नेपाल पक्षमा रहँदा टिकट पनि पाउने र जित्न पनि सजिलो हुनसक्ने सोचेर नै तामाङ यता फर्किएकका हुन् नाम नबताउने सर्तमा एक नेताले भने ।

सांसद समेत रहेकी उनकी श्रीमती उषकला राईले समेत प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको केन्द्रीय सदस्य पद अस्विकार गरेको बताएकी छिन् । पहिला पार्टी फुटेर माले र एमाले बन्दा पनि शेरबहादुर वामदेवको पछि लागेर एमाले भएका थिए । तत्कालिन समयमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको महासचिव रहेका तामाङ अध्यक्ष बन्न त्यता लागेको बताइन्छ । मालेमा रहँदा २०५६ सालमा चुनाव हुँदा ११ सय मत मात्रै ल्याएका थिए । सिन्धुखबरबाट

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार