हाम्रो पार्टी अझै एकताबद्ध छ – प्रचण्ड

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपि वलिको मन्त्री परिषदबाट हिजो प्रस्ताव भएको संसद विघटनलाई राष्ट्रपतिले स्वीकार गरेपछी नेपाली राजनीतिमा उथलपुथल भएको छ । एक खाले सत्तारुढ दलकै कार्याकर्ताहरु ओलिको यो कदमको चर्को बिरोध सडकबाट गरिरहेका छन् । यसरी प्रधानमन्त्रीको बिरोध गरिरहाँदा कतिपय समर्थनमा पनि देखिएका छन् । कतिपयले दुई अध्यक्ष बिचको कुर्सीको लडाइँले गर्दा अहिले देश भड्खालोमा परेको टिप्पणी गरिरहेका छन् ।

यस्तैमा नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अझै एक रहेको जिकिर गर्नुभएको छ । ओलिलाई अनुशासनको कारबाही समेत गरिने पार्टीको निर्णय भएकोले स्पष्टीकरण मागिने समेत वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रेस वक्तव्यको पुर्ण पाठ;
हाम्रो पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय सार्वजनिक भइसकेको छ ।
म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन । नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो । राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।

६ पौष, २०७७
………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष       

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार