अहिले नै स्कुल खोल्नु हुँदैन – स्वास्थ्य मन्त्रालय

काठमाडौं
कोरोनाको संक्रमण अझै पनि कायमै रहेको अवस्थामा विद्यालय खोल्नु आपत्तीजनक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल केही स्थानीय सरकारहरुले शिक्षा मन्त्रालयको निर्देशन अनुसार विद्यालय खोलेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार स्वास्थ्य मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्नेमा आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु नहुने बताए ।

कोरोना संक्रमणले घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमित भैरहेको छ’, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ र अभिभावकमा समेत संक्रमणको जोखिम बढाउँछ।’ प्रवक्ता गौतमले भनें ।

शिक्षा मन्त्रालयको निर्णय अनुसार स्थानीय सरकारले विद्यालय खोल्न पाउने अनुमति पाएपछि पुनः सन्चालनमा आएका छन् । विद्यालय सन्चालनका लागि विकल्प स्वरुप कार्यविधि बनाई संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था कक्षा सञ्चालन लगायतका मोडालिटी सिफारिस गरिएको छ । जस अनुरुप विद्यालय खोल्नुपर्नेमा गुणस्तरीय मास्क, भौतिक दूरीलगायतका सुरक्षा अपनाउन नसक्दा खोलिएका कतिपय विद्यालयमा शिक्षक अनि विद्यार्थी समेत संक्रमित भएका छन् । जसले गर्दा खोलिएका विद्यालय पुनः बन्द गरेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार