केपि वलिले नेता पौडेल संग माफी माग्नु पर्छ – सिन्धु काँग्रेस

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी, तरुण, किसान, महिला लगायतले आफ्नो वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रहरी द्वारा गरिएको गिरफ्तारीको विरुद्धमा सिन्धुपाल्चोकको बाह्रबिसेमा राँके जुलुस गरेका छन् । हिजो पार्टीको उपल्लो तहबाट आएको निर्देशन अनुसार देशै भरी गरिएको कार्यक्रम स्वरुप सो जुलुस निकालिएको हो ।

जुलुस निकाल्ने क्रममा प्रहरीले राँको खोसेर फालिदिएको नेबि संघ सिन्धुपाल्चोकका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले बालेर ल्याएको राँको खोसेर फालिदिए पनि प्रदर्शनकारी संयमित भएकोले कुनै नराम्रो घटना नघटेको सुनाए ।

बिरोध प्रदर्शन पश्चात् बाह्रबिसेमा कोण सभा भएको थियो । सो कोणसभामा क्षेत्रीय उपसभापति राम कुमार लामा, स्थानीय कांग्रेस युवा नेता युधिर पौडेल, विद्यार्थी नेता हेमन्त श्रेष्ठ, तरुण नेता निरन्जन लामा लगायतले सम्बोधन गरेका थिए ।

कोणसभामा केपि वलि सरकारले अधिनायकवादको सिमा नाघेको र नेता रामचन्द्र पौडेल संग माफी माग्नु पर्ने बताएका छन् ।

क्षेत्रीय उपसभापति रामकुमार तामाङले कोणसभामा आफ्नो मन्तव्य राख्दै वलि सरकारले सोझा साझा जनताको भावना माथी बलात्कार गरेको बताउनुभयो । जनतालाई अनेक झुटा आश्वासन दिएर सत्तामा पुगेका वलिले जनताले पाउनैपर्ने घास, बास, कपास मात्र नभै स्वास्थ्य, शिक्षा पाउनु पर्ने अधिकार समेत लत्याएको उहाँको तर्क थियो । ।

त्यस्तै युवा नेता युधिर पौडेलले सर्वसत्तावादी राज्य सत्ता र काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल माथि प्रहरी दुर्वयवहारको बिरुद्ध, जनता माथी भएको शोषण धमनको विरुद्धमा जुनसुकै बेला सडकमा उत्रीन तयार रहेको बताउनु भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार