सिन्धुपाल्चोक, दिपक कार्की
जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकका प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालयका सबै सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । शुक्रवार काठमाडौ गएका प्रमुख चण्डीप्रसाद कोइरालालाई परिक्षणका क्रममा कोरोना देखिएपछि आजैदेखि लागू हुने गरी तिहार पर्व अघिसम्मका लागि सम्पूर्ण सेवा प्रवाह बन्द गरिएको मालपोत कार्यालयले जनाएको छ ।
यसैवीच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि सेवाग्राहीको भिडभाड बढेको भन्दै आलोपालो प्रणली लागू गरेको छ । आज एउटा सूचना जारी गर्दै प्रशासनले प्रत्येक एक बार एक दिन २ ओटा स्थानीय तहका सेवाग्राहीको प्रशासनिक काम गर्ने गरी आलेपालो प्रणली लागू गरेको जनाएको छ ।