एटिएम मेसिन फोडेर चोरी गर्न खोज्ने पक्राउ

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–९ घर भएका र काठमाडौ नयाँबानेश्वर बस्दै आएका १८ वर्षीय प्रज्वल खाँड रहेका छन् ।

आइतबार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । खाँडलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले प्रहरी सामु आफुले खान नपाएको कारण यस्तो कार्य गर्न बाध्य भएको बताएका भए पनि खान नपाएको जस्तो नदेखिएको प्रहरीको भनाइ छ ।अहिले थप अनुसन्धान भैरहेको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार