“छ माया छपक्कै” युट्युबमा पाइरेसी

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
गतबर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ युटुबमा पाइरेसी भएको छ। कपिराइट सङअल नामक च्यानलबाट यो चलचित्र शनिबार अपलोड गरिएको छ। यो चलचित्रलाई युटुबमा १ सय भन्दा बढी पटक हेरिएको छ।

चलचित्र गतबर्ष हलमा रिलिज भएको थियो भने ‘चलचित्र एप’ मा पनि यो चलचित्र रिलिज भएको छ। यस्तै, चलचित्रलाई डीस होममा पनि रिलिज गरिएको छ। यो चलचित्रको युटुब राइट्स आमा अग्नी कुमारीसँग छ। निर्माता रोहित अधिकारीले चलचित्रको पाइरेसी गर्ने व्यक्तिको खोजी भैरहेको र कानुनी कारवाही गरिने बताए। उनले, प्रहरीमा उजुरी गर्ने समेत जनाएका छन्। निर्माता रोहित अधिकारीले चलचित्र एपबाट यो चलचित्र डाउनलोड गरेर युटुबमा अपलोड गरिएको हुनसक्ने आशंका व्यक्त गरे।

दिपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ। युटुयुबमा पाइरेसी हुँदा ‘चलचित्र एप’ र आमा अग्नी कुमारीलाई बढी घाटा हुने देखिएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार