पर्सा प्रहरीले सुन चाँदी जस्तै देखिने २२ धातु बरामद

  प्रीतम कुमार तामाङ

पर्सा
पर्सा विरगंज म.न.पा. वडा नं.५ रेशमकोटी स्थितमा श्रीगणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं. फ्याल्टमा करिब साँढे २२ किलो परिमाणको सुन तथा चाँदी जस्तो देखिने धातुहरु बरामद गरिएको प्रहरीले जनाएको छ। निलो प्लास्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा सुन बरामद भएको हो।

ठूलो परिणामको सुन लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरामद गरेको हो। 

सुन बरामद भएको अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।
प्रहरीका अनुसार सुनको एक किलोको बिस्कुट १३ वटा, मझौला बिस्कुट ४६ वटा (८.५७६ किलो) र सुनको बिस्कुट सानो १०० ग्रामको दरले १० वटा (१ किलो) बरामद भएको छ।

यसैगरी, सुनका विभिन्न गरगहानाहरू जम्मा ६८१ ग्राम र चाँदीका गरगहाना तथा थाल लगायत भाडाकुँडा २.२६२ किलो भएको एसपी पन्तले बताइन्।

यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताए। यति धेरै परिमाणमा सुन किन राखिएको हो र यसमा को को संलग्न छन् भन्ने बारे अनुसन्धान भइरहेको छ ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार