सिन्धुपाल्चोक चौतारामा युवाहरु नेकपा परित्याग गरि काँग्रेस प्रबेश

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा न १  साविक सिङपाल काभ्रे, वडा न ३ साविक कुन्चोक र चौतारासागचोक गढी नगरपालिका को वडा नम्बर १ स्याउले, वडा न ३ साविक बतासे बाट नेकपा  पार्टी परित्याग गरि १३ जना तामाङ युवाहरु कांग्रेस मा प्रवेश गरेका छन।
आज सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमिति को कार्यालय चौतारामा १३ जना नवप्रवेशी लाई स्वागत  सम्मान र साधरण सदस्यता वितरण गर्दै पार्टीमा उचित स्थान दिने कांग्रेस जिल्ला सचीव बिल बहादुर तामाङले बताए। 
पार्टी प्रवेश कार्यक्रम जिल्ला सचीव विल बहादुर तामाङ को प्रमुख अतिथ्यमा भएको थियो। प्रवेश गर्नेहरुमा विपिलाल तामाङ,सुजन तामाङ,सुक बहादुर तामाङ, सोनाम तामाङ, कल्तेन तामाङ, रमेश तामाङ, राहुल तामाङ, आशिष तामाङ, विशाल लोप्चन, फुर्पा तामाङ, बिबेक तामाङ, बुद्द तामाङ लगायत का युवाहरू कांग्रेस प्रवेश गरेका हुन।
उनी हरुलाई सचिव तामाङले खादा लगाई स्वागत गरेका थिए। कोभिड-१९ को त्रास कायमै रहेको नेपाल सरकार र विश्व स्वास्थ्य सङघठनको नियम लाई पालना गर्दै कार्यक्रम गरिएको हो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार