अनलाइनबाटै रैथाने पाककला प्रतियोगिता हुने

  प्रीतम कुमार तामाङ

काठमाडौं
“अनलाइन नेपाली रैथाने पाककला” प्रतियोगिता हुने भएको छ । मंगलबार होटल एयरपोर्टमा पत्रकार सम्मेलन गरी समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनका लागी नेपाली खानाको पारखीहरुका लागि रैथाने चुल्होल ‘खाने कथा’अनलाइन नेपाली पाककला प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
रैथाने चुल्हो, ग्लोबल नेप्लीज सेफ फेडेरेशन र ग्यास्ट्रो नोमिएसोसिएसन नेपालद्वारा आयोजना गरिएको हो ।
नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियान्ता सेफ प्रेमलाल घिसिङ रैथाने खाना खोजको एक वर्ष पूरा भएसँग यो प्रतियोगिता सुरु गरेका हुन् । यो प्रतियोगिता प्रत्येक वर्ष गरिने सेफ घिसिङले जानकारी दिए ।
प्रतियोगितामा नेपालमा पाइने रैथाने खाना र जातजातिको रैथाने मौलिक खानपानका बारेमा जानेको बुझेको व्यक्तिलाई सोधपुछ गरि कुनै एउटा परिकार समेटेको नेपाली खानाको भिडियो बनाएर पठाउनुपर्छ । उक्त खानाको सांस्कृतिक, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्य पक्षको भिडियोमा उल्लेख गरिएको हुनुपर्नेछ, सेफ घिसिङले भने, ‘यो प्रतियोगीताले हाम्रो नेपाली खानपान बाँचिरहने र देश विदेशमा रहेका नेपाली नयाँ पूस्ताले पनि सजिलै युटुव हेरेर नेपाली खानपान पकाउन जान्ने विश्वा हामीले लिएका छौ ।’ सेफ घिसिङका अनुसार खाना पकाउँदा प्रयोग गरिने सामग्रीको नाम रैथाने भाषामा उल्लेख गरिएको हुनुपर्ने र यसका साथै पकाउने विधि पनि जानकारी गराउनुपर्ने बताए ।
आयोजकका अनुसार प्रतियोगीतामा जुनसुकै क्षेत्र र उमेर समूहले सहभागी गर्न पाउनेछ । सात मिनेटसम्मको भिडियोलाई मात्र समावेश गर्न सकिनेछ । प्रतियोगीले भिडियोको साथमा आफ्नो परिचय खुल्ने परिचयपत्र, पूरा नाम, स्थायी, अस्थायी ठेगाना, सम्पर्क नम्बर लिखित रुपमा पठाउनुपर्नेछ ।
भिडियो कार्तिक २ गतेदेखि कार्तिक ३० गते सम्म पठाइसक्नुपर्नेछ । उक्त भिडियोलाई चबष्तजबलभअजगजिय२नmबष्।िअयm मा पठाउन अनुरोध गरेका छन् ।
प्रतियोगीताका बारेमा थप जानकारी चाहिएमा ९८४१९५०८४३ मा सम्पर्क गर्न सक्नुहुनेछ । प्राप्त भिडियो मंसिर १ गतेदेखि मंसिर ३० गतेसम्म रैथाने चुल्हो युटुव च्यानलबाट प्रसारण गरिनेछ ।
पुष १ गते प्रतियोगिता विजेता घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।
निर्णयक मण्डलले ५० प्रतिशत अंक दिनेछन् । तपाईको भिडियाबाट आएको क्गदकअचष्दभ, खष्भधक, ष्पिभ र कजबचभ को आधारमा ५० प्रतिशत गरि विजेता घोषणा गरिनेछ ।
निर्णयक मण्डलले रैथाने भाषा प्रयोगको आधारमा १० अकं दिइने छ ।  निर्णायकहरु राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, विश्व साइकलयात्री पुष्कर शाह र भाषाविद अमृत योञ्जन रहने सम्मेलनमा जानकारी दिए ।
सरसफाई र सुरक्षाको आधारमा ५ अंक दिइने छ । जसमा सेफ एल.बि. कौशल, सेफ श्यामअम्गाइ र सेफ राजकुमार कार्की रहनेछ । मौलिकताको अधारमा १० अकं दिइने छ  । जसमा सेफ सुर्यकिरण श्रेष्ठ, सेफ लक्ष्मण प्रसाद भण्डारी र सेफ पुष्पाथापा मगरले निर्णय गरिनेछ ।
रैथाने सामग्री (भाडाकुडा,पकाउने सामग्री,चुल्हो) र स्वास्थ्य पक्षको आधारमा १० अकं दिइने छ । जसमा सेफ गोविन्दनर्सिङ केसि,सेफ आर.बि. बुढाथोकि र सेफ आर.के. लामाले निर्णायक मण्डलको भुमिका खेलिनेछ ।
संस्कृतिक, सामाजिक र आर्थिक  पक्षको अधारमा १० अकं दिइनेछ । जसमा विनायक शाह, सेफ अर्जुन थापा र सेफ शंकर पाण्डेले निर्णय गरिनेछन् । सजवाट र समय परिपालनको आधारमा ५ अकं दिइने छ । जसमा सेफ नारायण थपालिया, महेशराज ढकाल र भावि खनालले निर्णय गरिनेछन् ।
प्रथम पुरस्कार नगद २५ हजार रुपैयाँ, पैँचो पसलबाट १० हजार बराबरको गिफ्ट हेम्पर सहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता र ग्यास्ट्रो नोमिएसोसिएसनको सदस्यता प्राप्त गर्नेछ ।
दोस्रो पुरस्कार नगद १५ हजार रुपैयाँ, पैँचो पसलबाट ७ हजार बराबरको गिफ्ट हेम्पर र ग्यास्ट्रो नोमिएसोसिएसनको सदस्यतासहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछ ।
तेस्रो  पुरस्कार नगद १० हजार रुपैयाँ, पैँचो पसलबाट ५ हजार बराबरको गिफ्ट हेम्पर र ग्यास्ट्रो नोमिएसोसिएसनको सदस्यतासहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछ ।
टप टेनमा पर्ने जति सबैले ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछन । सेराटन कुलिनरी इन्सटिच्युटबाट १० हजार बराबरको गिफ्ट हेम्पर प्रदान गरिनेछ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार