सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जिल्ला अस्पतालको वार्डमा भर्ना भएका २ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु उक्त्त बिरामिको प्रत्यक्ष सम्पर्कमा रहेदै आएकाले सबैको स्वव परिक्षण गर्नु परेकोले ईमर्जेन्सी र आइसोलेसन वार्ड बाहेक अन्य सेवा बन्द गरिएको छ। आज कै मिति देखि अर्को सुचना नआउँदा सम्मका लागि बन्द गरिएको अस्पताल श्रोतले जनाएको छ।
बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना पछिल्लोपटक सिन्धुपाल्चोकमा पनि व्यापक फैलिरहेको छ। केही जनप्रतिनिधि देखि स्वास्थ्यकर्मीलाई समेत संक्रमण देखिएपछी उच्च सतर्कता अपनाउन सबैमा सुचित समेत गरिएको छ।