कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरी
रक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी
आज तिमी टाढा छ्यौ तर मन बुझछ फेरि
सम्झी चुम्थे तिम्रो हात तिमी र म बस्दाखेरी
बरालिन्छन मन कहिले काहीँ अनि बस्छु एकान्त मा
आउँछ गरेको मिठो बात तिमी र म बस्दा खेरी
बैचेन हुन्छ मन त्यसै लाग्छ उडि पुगिहालौ
पाउन फेरि मायालु साथ तिमी र म बस्दाखेरी
प्यासी छु म सधै त्यो तिम्रो न्यनो स्पर्श को
कति छिटो बित्छहोला रात तिमी र म बस्दाखेरी
✍️ दीपक कार्की
सिन्धुपाल्चोक