गाउँ पालिका महासंघ एवं जुगल अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना पोजेटिभ

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाने क्रममा राजनितिक नेता कार्याकर्ताहरुलाई पनि यसले असर पुर्याएको समचार आईरहेको छ। यस्तैमा राष्ट्रिय गाउँ पालिका महासंघ नेपाल एवं जुगल गाउँ पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उहाँले आज मात्रै सामाजिक सञ्जालमा आफूलाई कोरोना पोजेटिभ भएको कुरा पोष्ट गरेका छन् ।
श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, “अघिल्लो हप्ता भारतीय दुतावासबाट हस्तान्तरित एम्बुलेन्स लिने प्रक्रियाका लागि एक हप्ता अघि काठमाडौं उपत्यकामै थिए । अस्ति देखि ज्यान दुख्ने र हल्का ज्वरो आउन थालेपछि हिजो स्वाब परीक्षण गरिएकोमा आज कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।” अहिले म होम आइसोलेसनमा बसिरहेको छु र म स्वस्थ छु ।

जिल्लामा योसँगै कोरोना संक्रमितको संख्या २ सय ९ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । २९ जना आइसोलेशनमा बसेका र अरु ११ जना क्वारेन्टिनमा रहेका छ्न। १ सय २१ जना निको भएर डिस्चार्ज भएका छन् । सिन्धुपाल्चोकमा ५६ आइसोलेन र ८ सय ९८ क्वारेन्टाइन बेड रहेका छन्। हालसम्म ४ हजार १ सय ३३ जनाको स्वाब संकलन र ४ हजार १० जनाको परिक्षण गरेको तथ्यांक छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार