तिङ्ला पुजुको प्रेम गित सेम्ला ह्रो सार्वजनिक, फिल्म छिटै हेर्न पाउने

  प्रीतम कुमार तामाङ

काठमाडौं
जिम्बा फिल्मस् प्रोडक्सनको प्रस्तुती कमल रुम्बाको तामाङ कथानक चलचित्र तिङ्ला पुजुको बहुप्रतिक्षित प्रेम गित सेम्ला ह्रो सार्वजनिक भएको छ। काठमाडौं जोरपाटी स्थित छिमेकी क्याफेमा शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्द लामाको प्रमुख आतिथ्यतामा सो भिडियो सार्वजनिक भएको हो। चलचित्रको एक आकर्षणको केन्द्रको रुपमा यस भिडियोलाई लिएको यसै चलचित्रका प्रमुख नायक रोशन थिङ बताउँछन्।

गितको शब्द संगित कमल रुम्बाको रहेको छ। स्वर शुभ तामाङ र बबिता पाख्रीनले दिएका छन्। जसको एरेन्ज बुद्ध स्याङ्पा र मिक्सिङ दिपेश प्रधानले गरेको हो। यस गितमा स्कृनमा नायक रोशन थिङ तामाङ र नायिका कल्पना वाइबाको रोमन्टिक अभिनय देख्न सकिन्छ।

यस चलचित्रको निर्माता सुदिपा स्याङ्तान रहेको छ। निमा लामा तामाङको निर्देशन र द्वन्द्व निर्देशन सुरज श्रेष्ठले गरेको चलचित्रलाई बिश्वास भण्डारीले छायांकन गरेको हो। अन्य कलाकारहरुमा जय स्याङ्तान, अभिना गोले,  सिङ्गनाथ लामा, केबि मोक्तान, एम बि मुन्द्रे, गुरुदेव लामा लगायतलाई फिल्ममा देख्न सकिनेछ। भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार