प्रहरी निरीक्षक सुनजित तामाङ बागमती प्रदेशको भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

  जन्मभूमि संवाददाता

दोलखा
बागमती प्रदेश भित्र कार्यरत नेपाल प्रहरी भित्रका सर्वोत्कृष्ट प्रहरी कर्मचारीका रुपमा प्रहरी निरीक्षक सुनजित तामाङ चुनिएका छन्। उहाँ इलाका प्रहरी कार्यालय सिंगटी दोलखाका इन्चार्जको रुपमा कार्यरत हुनुहुन्छ।

तामाङलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना प्रहरीलाई हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्दै आएकोमा भदौ महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको हो।

आफ्नो जिम्मेवारी, इमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनिय ढंगबाट निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक तामाङलाई (बेस्ट स्टेट पुलिस अफ द मन्थ) घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

निरीक्षक तामाङले गरेका उदाहरणीय कार्यहरुमा गएको भदौ १६ गते विगु गाउँपालिका ४ लादुकमा भरुवा बन्दुक लिई शिकार खेल्न गएका ३ मध्ये एकको गोलीको छर्रा लागी मृत्यु भएको घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएका थिए। भदौ १५ गते तामाकोशी नदी किनारमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा चालक सहित ४ वटा ट्याक्टरहरु नियन्त्रणमा लिएको थियो। त्यस्तै कोरोना विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै बाढि पहिरोको उच्च जोखीममा रहेका वस्तिलाई स्थानीय निकायसँग समन्वय गरि सुुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै भदौ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको जनाएको छ।

सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाका लागि एक प्रक्रिया अवलम्बन हुने गर्दछ। जसमा बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका दश वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १६ वटा प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीको कार्य विवरण प्राप्त गरी एकजनालाई उत्कृष्ट प्रदेश प्रहरी घोषणा हुने व्यवस्था गरिएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार