जुगल उप-प्रमुख सृजना र गायक योगेशको मार्मिक गीति भिडियो मेरो सिन्धु आमालाई

सिन्धुपाल्चोक
एकपछी अर्को गर्दै दु:खद घटनाको शिकार बन्दै आएको सिन्धुपाल्चोकलाई मध्यनजर गर्दै पीडा पोखाउने माध्यम गित संगित बनिरहेको छ। पीडा, वेदना अनि दुखको लागि साँगितिक थेरापी एक खाले मनोबैज्ञानिक प्रभावकारी उपायको रुपमा पनि लिईन्छ। हरेक बिपत्तिले सिन्धुपाल्चोकलाई मात्र निशाना बनाइरहदा आफ्नो मातृभुमि रोईरहदा कस्को मन नरोला र ?

भुकम्प होस् या बाढी पहिरो सबै विपत्ती सिन्धुभुमी माथी परिरहेका छन्। यस्तै दु:खद घटनाहरुले शिथिल अनि
दुखिएको त्यो निर्दोष मनहरु र बिचलित ती सपनाहरुलाई केन्द्रित गर्दै संगीत र शब्दहरुबाट सम्पुर्ण लिदिबासी सम्पुर्ण सिन्धुबासि आमाबुवा तथा दिदिबहिनी, दाजुभाईहरुको मर्मलाई सके सम्म त्यो पिडाबाट केही राहत दिलाउन सिर्जना गरिएको मार्मिक सांगीतिक कोशेली कस्तो बज्रपात मेरो सिन्धु आमालाईको भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।

यस गितमा योगेश लामाको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको गीतमा जुगल गाउँ पालिकाका उप प्रमुख सृजना तामाङ र योगेश लामाको स्वर रहेको छ।

संगम स्टुडियोमा रेकर्डिङ गरिएको गीत मित्र लामाले ध्वनि सम्पादन गरेका छन। योगेश लामाको अफिसियल युट्युब च्यानल बाट सार्वजानिक गरेको गीतको भिडियो जिग्मे मिडियाले निर्माण गरेका हुन। गीतमा जुरे पहिरो, जम्बु बाढीपहिरो, मेलम्चि पहिरो र लिदिको घटनालाई बिशेष रुपमा समाबेश गरिएको छ । यो मार्मिक गीत सुनेपछि जो कोहिको आँखा रसाउनेछ । भिडियो;

बिश्वभरका तामाङहरुले अहिले सम्मकै ठूलो नगद रकम लिदिबासीलाई सहयोग

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार