सिन्धुपाल्चोकका विभिन्न खोलामा निकालिएको अबैध बालुवा जफत

जिससको अनुगमन टोलिले २ करोड ५० लाख बराबरको अबैध बालुवा सिल गरिएको हो।

सिन्धुपाल्चोक
चौतर्फी दबाब आएपछी अन्ततः सिन्धुपाल्चोकका विभिन्न खोला किनारमा निकालिएको अबैध बालुवा जफत गरिएको छ। जिल्ला समन्वय समितीबाट खटिएको अनुगमन टोलिले करिब ३५ हजार ३ सय १९ घनमिटर बालुवा नियन्त्रणमा लिएको हो। जसको बजार मूल्य लगभग २ करोड ५० लाख पर्छ।

वर्षातको ३ महिना नदिजन्य बस्तु निकाल्न नमिल्ने कानुनलाई समेत अवज्ञा गर्दै राजनीतिक पहुँचका आधारमा र नगद रकमको चलखेलमा अबैध बालुवा तस्कर गरेको समचारहरु एकपछी अर्को गर्दै बाहिरिएपछी जिल्ला समन्वय समितिले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् संकलन भैरहेको सन्दर्भमा अनुगमन गरि प्रतिवेदन पेश गर्न जिसस उपप्रमुख बालकुमारी सापकोटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी बलका प्रतिनिधि र सम्बिन्धित स्थानीय तहका प्रतिनिधि सम्मिलित एक अनुगमन टोली गठन गरेको थियो। यसै अनुगमन टोलिले हाल सम्मकै उच्च परिमाणको बालुवा जफत गरेको प्रमुख कृष्ण गोपाल तामाङले बताएका छन्।

यसरी जफत गरिएको वालुवा लिलाम बिक्री गर्ने अधिकार भनें स्थानीय तहलाई भएकाले सम्वन्धीत स्थानीय तहलाई पत्राचार गरेको छ। अनुगमनका क्रममा ५ वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिइ कार्बाही गरिएको अनुगमन टोलीका संयोजक बालकुमारी सापकोटाले जानकारी दिईन । हाल भोटेकोसी, सुनकोसी, बलेफी नदि किनारमा अबैध बालुवाको गोदाम नै बनाएका देखिन्छन्। स्थानीयहरुले बिरोध गर्दा समेत बालुवा निकाल्ने तस्करहरु बाट उल्टै धम्की सहनुपरेको उनिहरुको गुनासो छ। एक स्थानीयका अनुसार सम्बन्धित निकायले ढिलै भएपनी राम्रो काम गरेको बताए। चौतर्फी आलोचना पछि मात्र काम गर्ने सरकारी निकायलाई धन्यवाद दिँदै अलि ढिलो भयो अब यस्तो नहोस् भन्ने कामना गर्दछु भन्छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार