लिदि पहिरोमा अभिभावक गुमेका ७ बालक SOS को जिम्मा

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल २ लिदिको पहिरोमा अभिभावक गुमाएका ६ बालक र १ बालिकालाई SOS बालग्रामले शिक्षादिक्षा दिने सम्झौता अनुरुप जिम्मा लिएका छन्। SOS ले जिम्मा लिएकाहरुमा पेम्बा दोङ, ऐन दोङ, दुर्गा दोङ, टिकलाल दोङ, रेख बहादुर दोङ, पेम्बा लामो दोङ र रुक बहादुर दोङ रहेका छन्।

यि बालक मध्ये लिदि पहिरोमा कसैले बुबा र कसैले आमा गुमाएका छन्। सभामुख अग्नि सापकोटा र जुगल स्थानीय सरकारको पहलकदमीमा बालकहरुलाई १२ कक्षा सम्म निशुल्क पढाइदिने सम्झौता स्वरुप आज उनिहरुलाई जिम्मा लगाएर उज्ज्वल भविष्य निर्माणका लागि पठाईएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिनुभयो। साथै लामाले दिएको जानकारी अनुसार यी बालकहरुको शिक्षा संगै गाँस, बास र कपासको पनि SOS ले नै व्यवस्था गरिने बताए। त्यस्तै अन्य बालबालिकाहरुलाई पनि राम्रो शैक्षिक संस्थाहरुमा पढाईदिने व्यवस्थाको लागि पहल गरिरहेको जनाउनुभयो।

लिदि पहिरोमा ३९ ले ज्यान घुमाएका थिए भनें ५ घाइते भएको थियो। हाल लिदिका १७३ घरधुरी जोखिममा परेकाले ती मध्ये १५६ धुरी जुगल १ सेलाङको बाँसखर्कामा अस्थायी आवासमा स्थानान्तरण गरेका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार