अन्ततः प्रेस ज्याकेट लगाई प्रहरी माथी ढुंगा हान्ने युवक पक्राउ

ललितपुर
बिहिवार ललितपुरको पुल्चोकमा मछिन्द्रनाथको रथ तान्ने र त्यसलाई रोक्ने प्रहरी बिच झडप भयो। उक्त झडपमा एक फरक दृश्य देखा परे। त्यो थियो आन्दोलनकारी तर्फ बसेर प्रहरी माथी प्रेस ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेका एक युवकले ढुंगा हानिरहेका थिए। शुक्रबार अपराध महाशाखाको टोलीले सो युवकलाई पक्राउ गरेको हो।

सो युवक महालक्ष्मी नगरपालिका १३ इमाडोलका २१ वर्षीय अनिश महर्जन रहेका छन्। उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । प्रहरीले बिहीबार मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ। उनिहरुलाई विभिन्न मुद्दाहरुमा अनुसन्धान भैरहेको जनाएका छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार