रौतहटको पूजारीको हत्या गरेको अभियोगमा २ जना पक्राउ

रौतहट
माधवनारायण नगरपालिका-२ खेसरहिया चौकस्थित हनुमान मन्दिरको पूजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-१ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेल रहेका छन् ।

अज्ञात व्यक्तिले पूजारी साहको कञ्चटमा गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरु लगायत अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्ने खुल्न आएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बौधिमाई नगरपालिका-७ वडकी बंकुल एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट राम नरेशको बुवाले पूजारीसँग ब्याजमा रकम लिएको र रकम तिर्ने क्रममा विवाद भएको, पूजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी  खाने र घटना हुनुभन्दा ३ दिन अघि राम नरेश पटेल र पूजारी बिच बिवाद भएको थियो । यसैगरी गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा पूजारीले फरक मत राख्ने क्रममा राम नरेश पटेल लगायत अन्यसँग धेरै पटक विवाद भएपछि उनले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनास्थल नजिक रहि मानिसको आवत जावतलाई निग्रानी गरेको खुल्न आएको छ ।

घटनामा संलग्न अन्य फरार अपराधीको खोजी भइरहेको र पक्राउ अभियुक्तहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार