त्रीपुरासुन्दरी गापा ३ वडालाई प्रतिपक्षीले बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक त्रीपुरासुन्दरी गाउँ पालिका वडा नं. ३ कार्यालयलाई प्रतिपक्षी नेपाली काँग्रेसले ९ बँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। वडा भित्र उपभोक्त समिती गठन, सार्वजनिक लेखापरीक्षण, सुनुवाई, अनुगमन समिती, वडा भित्रका सुचना आदि अपारदर्शी भैरहेकोले सो ध्यानाकर्षण पत्र बुझाएको वडा समितिका सभापति रामकुमार रिसालले जानकारी दिनुभयो। हाल सम्मको योजना तर्जुमा देखि कार्यान्वयन सम्म एकतर्फी आफू खुसी गरेर उपभोक्ता र जनतालाई छक्याउने काम वडा जनप्रतिनिधिबाट भैरहेको उल्लेख गरिएको छ। नेपाली काँग्रेस त्रीपुरा सुन्दरी गापा ३ वडा समितिले बुझाएको उक्त पत्रमा नेपाली काँग्रेस प्रतिपक्षी मात्र नभै वडा भित्रको उपभोक्ता समेत रहेकोले वडा भित्र भैसकेको, हुँदै गरेको सबै योजनाको स्पष्ट जानकारी रहेको समेत जनाएका छन् । जस अनुरुप हरेक योजनाको कार्यान्वयन फिल्डमा नभै प्राविधिक ईष्टिमेटको आधारमा भुक्तानी लिएर नाटकिय काम गर्नु अहिलेको सन्दर्भमा जनता छक्याउने कार्य र अनियमितता भएको वडा अध्यक्षलाई अवगत गराएका छन्।

यता जन्मभूमि पोष्टको फोन सम्पर्कमा आउनुभएको वडा अध्यक्ष सुकदेव रिसालले आफु ध्यानाकर्षण पत्र प्रती सकारात्मक रहेको र वडाको बजेटमा कुनै अपारदर्शी काम नगरेको बताउनुहुन्छ। यदि कुनै काम त्यस्तो गरेको प्रमाण ल्याएमा कालो मोसो लगाए पनि आफू तयार रहेको बताए। सार्वजनिक सुनुवाइ भने पहिलो वर्षमा मात्रै गरेको र हाल आर्थिक कारोबार वडाबाट नहुने भएकोले सबै काम उपभोक्त मार्फत हुने भएपछि त्यहीबाट योजनाको सुनुवाई भैरहेको जानकारी दिनुभयो।

ध्यानाकर्षण पत्र;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार