तरुण दल सिन्धुपाल्चोकको पहलमा लिदि पहिरो पिडितलाई सिरक र नेम्लुङलाई त्रीपाल

नेपाल तरुण दल सि.पा. अध्यक्ष दोर्जे लामाले पिडितका लागि पुगेको राहत सबै पिडितले पारदर्शी र समान रुपमा पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सिन्धुपाल्चोक
आज सिन्धुपाल्चोक लिदि पहिरो पिडित १५६ परिवारलाई बाँस खर्क मै पुगेर तरुण दल सिन्धुपाल्चोकको पहलमा प्राप्त सिरक वितरण गरिएको छ। त्यस्तै गरि जुगल २ नेम्लुङका जोखिमयुक्त गाउँका १२० धुरीलाई अस्थायी बास स्थानको लागि त्रीपाल एकएक थान दिएका छन्। वर्षा र कच्ची बाटोका कारण सामाग्री बोकेको गाडी नचडेपछी बोकेरै पिडित बस्ती बाँसखर्का पुर्याएका थिए।

फाईबर सिरक १५६ थान चोमलाउरा होमद्वारा उपलब्ध गराएका थिए। १२० थान त्रीपालका लागि नुपेरा मल र नुपेरा  स्टोर को सन्चालक रमेश लामा को नेतृत्वमा उठाउनु भएको थियो। जसमा सिन्दोर्जे माईतीघर भएकी कविता शेर्पा हाल अमेरिका, मुना तामाङ हाल ईजरायलबाट र शंकर घिसिङ दोलखा, सुस्मा राई संखुवासभा हाल अमेरिकाबाट नगद सहयोग पठाउनुभएको जुगल गाउँ पालिका तरुण अध्यक्ष दावा जङ्बु शेर्पाले बताउनुभयो। त्यस्तै अन्य दाताहरुबाट पनि सकेको सहयोग रकम पठाउनुभएको र त्यसबाट त्रीपाल खरिद गर्न अपुग रकममा निमा पासङ र याङ्जि शेर्पा दम्पती बाट रु २०,१००/-, सिन्धुपाल्चोक तरुण कोषाध्यक्ष निमा जङ्बु शेर्पाबाट २०,०००/- र जुगल गाउँपालिका तरुण अध्यक्ष दावा जङ्बु शेर्पा बाट रु २५,०००/- बाट जम्मा भएको रकमबाट नेम्लुङका १२० जोखिम मोलेर बसिरहेका परिवारहरुको लागि त्रीपाल लगेको हो।

राहत वितरण कार्यक्रममा सिन्धुपाल्चोक नेपाल तरुण दल अध्यक्ष दोर्जे लामा, तरुण कोषाध्यक्ष निमा जङ्बु शेर्पा, जुगल गाउँ पालिका नेपाली काँग्रेस प्रत्यासी उम्मेदवार जय बहादुर लामा, जुगल गापा तरुण अध्यक्ष दावा जङ्बु शेर्पा र वडा नं. २ तरुण सभापति केदार दोङ पुगेका थिए। वडाबाट अध्यक्ष प्रताप लामा उपस्थित हुनुभएको थियो। फाईबर सिरक वितरणका लागि चोमलाउरा होमका अध्यक्ष तेम्बा शेर्पा र प्रोग्राम म्यानेजर देवधन राई पनि उपस्थित हुनुभएको थियो।

नेपाल तरुण दल अध्यक्ष दोर्जे लामाले धेरै संघ संस्थाले राहत दिईरहेको भएपनी अति आवश्यक मेट्रेस देखेकोले तरुण दल सिन्धुपाल्चोकको टिममा छलफल गरि त्यसको व्यवस्था गर्ने प्रयास गर्ने बताउनुभयो। त्यस्तै पुगेका राहत सबै पिडितले पारदर्शी र समान रुपमा पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी चोमलाउरा होमका प्रोग्राम म्यानेजर देवधन राईले लिदि पगिरो पिडितहरुलाई आफ्नो संस्थाको तर्फबाट केहि सहयोग गर्न पाउँदा धेरै खुसी भएको बताए। पिडितको अवस्था हेर्दा दयनीय रहेकोले, स्थायी बसोबास गरेको स्थान छोडेर नयाँ स्थानमा सर्दा साँच्चै नै गाह्रो हुने भएकोले त्यो पिडाको घाउमा थोरै भएपनी मलम लगाउने कोसिस मात्र गरेको सुनाउनुभयो।

राहत प्राप्त गरे पश्चात् पिडित नेत्र दोङले धन्यवाद दिँदै अस्थायी टेन्टमा आफ्नो ४ परिवार एकै स्थानमा बसिरहेकोले बस्न केही समस्या रहेको बताए। केही छिमेकीले भनें टेन्ट नपाएको गुनासो रहेको सुनाए।

वडा अध्यक्ष प्रताप लामाले पिडितको अस्थायी बस्तीमा हाल म्याट्रेसको आवश्यकता रहेकोले अन्य राहत लिएर आउन चहानेहरुलाई सो सामाग्री ल्याउन सुझाव दिनुभयो। त्यस्तै उपलब्ध भएको टेन्ट सबै तयार गरेर वितरण गरिसकेकाले अन्य अपुग पनि आउने क्रम जारी रहेकोले तयार गर्दै पिडितलाई दिँदै जाने बताउँछन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार