बौद्ध धर्म गुरु स्व. कुसुम लामाको ४९ दिनको पुजा आज, पार्थिव शरीरलाई १ बर्ष पछि सदगत गरिने

  प्रीतम कुमार तामाङ

दोलखा
मेलुङ गाउँपालिका-४ दोलखा, भेडपुमा अवस्थित उर्गेन छोईलिङ गु्म्बाका प्रमुख धर्मगुरु स्व. कुसुम लामा ज्यु को गत अषाढ ३० गते काठमांण्डौमा ८९ बर्षको उमेरमा स्वर्गवास हुनु भएको थियो । उहॉको निधनमा उहाँको भक्तजन मात्र नभएर विश्व भरीका लामा गुरुहरु, बौद्ध धर्मलम्वी संघ-संगठनहरुले दुख व्यक्त गरिएका थिए । उहाँको निधनले बौद्ध धर्मलम्वीहरुले अपुरणिय क्षति व्यहोरेको भन्दै उहाँ प्रति श्रद्धान्जली दिई रहेका थिए ।

उहाँले लामा गुरुको रुपमा दिनु भएको सच्चा योगदानको उच्च कदर गर्दै उहाँको दिवंगतमा नियमित रुपमा भावुक स्टाटस र श्रद्धान्जली आजका दिन सम्म आई रहेका छन् । धर्म गुरु लामाको पार्थिव शरीरलाई ४९ दिन पछि सदगत गर्ने निर्णयमा पुगेका परिवारजनमा देश विदेशका
गुम्बाहरुका धर्मगुरु र रेन्पोछेहरुको सुझावले परिवारजन र उहाँको पुजामा खटिनु हुने गुरुहरु उहाँको पार्थिव शरीर (लास) लाई एक बर्ष पछि मात्र सदगत गरिने निर्णयमा पुगेका छन् । उहाँको लासलाई स्व. धर्मगुरु कै ईच्छा  बमोजिम आफ्नै निवासमा राखिने र नियमित बौद्ध धर्म परम्परानुसार पुजा गरिने जनाएका छन् ।

बौद्ध धर्मानुसार मृत्यु पछिको ४९ दिनको घेवा (विशेष पुजा) आज सेप्टेम्बर १ तारिखमा हुदैछ भने बाँकी एक बर्ष सम्मका पुजापाठको तालिकामा लामागुरुहरु र परिवारजन लागेका छन् । ४९ दिनको घेवा पुजामा आफन्तजन, बौद्ध धर्मलम्बी र चिनजानका सबैमा प्रार्थनाका लागि निमन्त्रणा गरिए पनि पेन्डामिक (कोभिड) का कारण आफन्त र परिवारजनका बीचमा पुजा कार्य गरिएका छन् , तर निमन्त्रित सबैमा एक बर्ष पछि हुने सदगत पुजामा पुन निमन्त्रणा गरिने परिवारजन तथा स्व. धर्मगुरुको पुजामा लागि रहनुहुने गुरुहरुले जनाउनु भएका छन् ।

४९ दिन सम्म नियमित पुजापाठ, प्रार्थनामा लाग्नु हुने गुरुहरु, आफन्तजनहरु, भक्तजनहरु सबैमा परिवारजनले आज विशेष दिन विशेष धन्यवाद दिनु भएको छ । साथै एक बर्ष सम्म यसरी नै पुजापाठ गरिने र पुर्ण पुजापाठ पछि मात्र सदगत गर्ने भएकोले सबैमा प्रार्थना र पुजाका लागि परिवारजन र पुजामा खटि रहनु हुने गुरुहरु द्वारा अनुरोध समेत गरेको तामाङ समाज नोर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले जानकारी दिनुभएको छ। बौद्ध धर्मगुरु स्व. कुसुम लामा तामाङ अध्यक्ष लामाका ससुरा बुबा हुनुहुन्छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार