१४ दिनको होम आईशोलेशन पछी उपसभामुख आमा छोराको PCR नेगेटिभ

मकवानपुर, हेटौंडा
बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ र उहाँको छोराको PCR नेगेटिभ आएको छ। उपसभामुख तामाङ र उहाँको छोरालाई १४ दिन अघि PCR पोजेटिभ आएपछी होम आईसोलेशनमा बस्नु भएको थियो। आजै उहाँले आफ्नो फेसबुक सन्जाल मार्फत PCR नेगेटिभ आएको खबर सार्वजनिक गराउनुभएको हो। आफ्नो सामाजिक संजालमा सल्लाह, सुझाव दिनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै यस्तो स्टाटस लेख्नु भएको छ।

उपसभामुख राधिका तामाङको फेसबुक वालबाट साभार;
“चौध दिन होम आईशोलेशनको बसाई पछि हिजो हामी आमा छोराको PCR रिपोर्ट निगेटिभ आएको छ । यस बीचमा हाम्रो  स्वास्थ्यको चिन्ता र सदभावसहित स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति आभारसहित हार्दिक धन्यवाद दिन चाहान्छु ।  अत्यधिक चापका कारण धेरै महानुभावहरुको फोन रिसिभ गर्न सकिन । साथै मोवाइल र फेसबुक मेसेजहरु पनि फर्काउन सकिन । यस प्रति माफी चाहान्छु । राजनीतिक, प्रशासनिक क्षेत्रका उच्च नेतृत्व देखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना तथा भाइरसकाे असरबाट बच्ने उपाय र सुझाव दिनु भएको छ । मेरो लागि कोरोनो आतंकबाट मुक्त हुने मुख्य औषधी नै त्यही बनेको छ । यहाँहरुको अथाह माया र सदभावप्रति सधैं रिणी रहने छु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौंडास्थित स्वास्थ्य निकाय, संसद सचिवालय र विशेष गरी आफैंलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकिय सचिवालय र परिवारका सदस्य सबै प्रति कृतज्ञ छु ।
कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय हो । यदि संक्रमण भैहालेमा आतंकित नभइ आवश्यक स्वास्थ्य विधी अवलम्वन गरिनु पर्दछ । मुख्य गरी कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्ने हो, सामाजिक रुपमा दुरी बढाउने वा तिरस्कृत गर्ने भन्दा पनि सामाजिक सदभाव बढाउन आवश्यक ठान्दछु ।”

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार