लिदि पहिरो पीडितलाई ग्याँस र चुल्हो सेट

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल २ लिदि पहिरोबाट विस्थापित १५६ परिवारलाई आज ग्याँस सिलिन्डर र चुल्हो सेट वितरण गरिएको छ। गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठ र वडा अध्यक्ष प्रताप लामा सो सामाग्रीहरु लिएर पीडित बस्तीमा पुग्नुभएको थियो। पीडितहरु हाल अस्थायी रुपमा लिदि छाडेर बाँसखर्का सरेका छन्। जहाँ सरकारले बस्नको लागी टेन्टको व्यवस्था गरेको छ।

पुरानो बासस्थान छाडेर नयाँ ठाउँ आउनुपरेकोले बाँसखर्कामा खाना पकाउने दाउरा नभएको कारण खाना पकाउन समस्या भएपछि गाउँ पालिकाले पीडितहरुको सहयोगका लागि स्थापित स्थानीय सरकार विपद कोष र विभिन्न अन्य दाताहरुबाट प्राप्त राहत रकमले सो सामाग्रीहरु खरिद गरिएको वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। पीडितहरुको सुविधाको लागि अन्य विभिन्न व्यवस्था पनि गर्दै जाने उहाँ बताउनुहुन्छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार