बलेफी ४ स्थित पशुपालन फार्ममा नेकपा नेताहरु हौसला दिन पुगे

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ४ मा कृषि फार्म र फ्याफुल्ला क्लबको खेल मैदान अवलोकन गर्न नेकपा युवा नेताहरु गत शुक्रबार पुग्नुभएको छ। सोही वडा मै स्वदेशमै रहेका र बिदेशबाट फर्किएका युवाहरुले नमुना पशुपालन व्यवसाय सुरुवात गरेका छन्। जहाँ हौसला दिनका लागि नेकपा सिन्धुपाल्चोकका युवा नेताहरु फार्म मै पुग्नुभएको हो। नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध), पुर्व सांसद सुबास कर्मचार्य, नेकपा प्रदेश कमिटी सदस्य सरल सहयात्री पौडेल र बलेफी गाउँ पालिका नेकपा संयोजक गंगा बहादुर तामाङले व्यवसाय सुरुवात गरेका युवाहरुलाई फार्म मै पुगेर शुभकामना सहित हौसला दिनुभएको छ।

पशुपालन फार्म कोरियाबाट फर्किएका सुर्य तामाङ(जागरण)को नेतृत्वमा सुरु गरेको लप्से युवा जागरण पशुपंक्षि फार्म, नेपाल प्रहरीबाट पेन्सन भइ बस्नु भएका निल बहादुर तामाङको नेतृत्वमा सुरु गरिएको भदौरे थार्थान पशु फार्म बलेफी गाउँ पालिकाको वडा नं. ४ मा सुरु भैसकेको वडा अध्यक्ष काली प्रसाद तामाङले बताउनुभयो। लप्से जागरण पशुपंक्षी फार्मलाई सहुलियत भाडामा वडा अध्यक्ष तामाङले आफ्नै जग्गा समेत उपलब्ध गराएका छन्। युवाहरुले गाउँ मै केही गर्छु भनेंपछी उहाँहरुले मेरो जग्गा पायक पर्ने भन्नू भयो, त्यसपछि केही धान उत्पादन हुने खेत खेत दिनलाई युवाहरुको हौसलाको लागि मैले नाई भन्न सकिएन, उल्टै खुसी लाग्यो र दिए भन्नू हुन्छ अध्यक्ष तामाङ।

फार्म अवलोकन गर्न पुग्नुभएका नेताहरुबाट सरकारी निकायबाट सहयोग जुटाउने वचन दिनुभएको भदौरे थार्थान पशु फार्मका संचालक निल बहादुर तामाङ बताउनुहुन्छ। व्यवसाय सुरुवात गरेका कृषकहरुको एउटै मात्र गुनासो स्थानीय र प्रदेश सरकारलाई छ कि सरकारको नीति तथा योजना उत्पादन मुलक क्षेत्रमा भन्दा अनुत्पादक र मनोरञ्जन क्षेत्रमा धेरै भएको सुनाउँछन्। कृषिलाई अगाडी बढाउने भए कृषकमुखी योजना ल्याउन आवश्यक रहेको बताउँछन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार