अनेरास्ववियू पोखराले गरेको दोश्रो दिनको खाद्य वितरणमा ५५० बढि लाभान्वित

"दिएर छैन भने लगेर सहयोग गरौँ ” भन्ने नारा सहित सेन्टर सन्चालन गरिएको हो।

  प्रीतम कुमार तामाङ

पोखरा
अनेरास्ववियू पोखराले हिजो देखि सन्चालन गरेको फुड सेन्टरले हिजो र आज गरि ५५० भन्दा बढी लाभान्वित भएको छ। कोभिडका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्न समस्या पर्ने हरुका लागि यस्तो अभियान पोखराका विद्यार्थि नेताहरुले थालेका हुन्।

नेकपा निकट अनेरास्ववियू केन्द्रिय नेता क्षितिज सापकोटाको नेतृत्वमा पोखरामा फुड सेन्टर सन्चालन
गरिएको हो। जसमा सहिद बेपत्ता स्पोर्ट्स स्कुलले पनि सहकार्य गरिएको अनेरास्ववियू (क्रान्तिकारी) पोखरा महानगर अध्यक्ष विशाल तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

फुड बैकमा खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन्। यस सेन्टरमा सेनिटाईजर, दाल, चिनी, चामल, नुन,तेल आदि उपलब्ध हुनेछन्। यस्तो अभियान पोखराको विभिन्न स्थानहरुमा सन्चालन हुने क्रम जारी छ।

आज पोखराको बगर भन्ने ठाउँमा र भोलि चिप्लेढुङ्गामा संचालन हुने बताईएको छ । “दिएर छैन भने लगेर सहयोग गरौँ ” भन्ने नारा सहित सेन्टरबाट खाद्य सामग्री लैजान सकिने व्यवस्था गरिएको छ। पहिलो दिन पोखरास्थित पृथ्वीचोकमा सेन्टर रहेको र अब पोखराका विभिन्न स्थानमा राखिने स्पोर्ट्स स्कूलका उपाध्यक्ष समेत रहेका तामाङले बताए । उक्त कार्यक्रम पोखारामा लकडाउन अवधि भर हुने छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार