उपत्यका भित्र भदौ १७ गतेसम्म निषेधाज्ञा

  जन्मभूमि संवाददाता

काठमाडौं
कोरोना भाइरस फैलिँने त्रासका कारण यतिबेला देशै भर निषेधाज्ञा जारी भैरहेको छ। उपत्यका भित्र धेरै संख्यामा संक्रमित बढ्न गएकोले भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको छ। भाइरसको संक्रमण फैलिँदै गएकोले संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो।

आज बसेको बैठले १ हप्ता थप गर्ने निर्णय गर्दै उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ।

सो बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण  भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए।

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार