समाजसेवी पदम स्याङबो सहित थाङ्पाल गुन्साबाट लिदि पहिरो पिडितलाई नगद सहयोग

पदम स्याङ्बो केहि न केही रुपमा सामाजिक सेवामा जोडिरहनु भएको छ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँ पालिका वडा नं. ५ निवासी समाजसेवी एवं युवा व्यवसायी पदम स्याङ्बोले छिमेकी गाउँ जुगल २ लिदिका पहिरो पिडितहरुको लागि राहत स्वरुप नगद रु. ३० हजार २ सय आईएमईबाट गाउँ पालिका उपप्रमुख श्रीजना तामाङ मार्फत पठाउनुभएको छ। स्याङ्बो समाजमा दुख पिडामा परेका जोकोहीलाई सकेको सहयोग गर्ने दानी मनका धनी व्यक्तित्व हुनुहुन्छ। उहाँ पुर्व सशस्त्र प्रहरी समेत हो। पाँचपोखरी गाउँ पालिका भित्रकै आर्थिक अभावमा शिक्षा लिन बन्चित सानासाना केही नानीबाबुहरुलाई पढाइ खर्च उहाँ आफैले व्योहोर्दै आउनुभएको छ।

पाँचपोखरी गाउँ पालिका न्यायिक समितिका सदस्य समेत रहनुभएका स्याङ्बो दुख पिडामा फसेकाहरुलाई आफ्नै व्यक्तिगत खर्चमा परेको आवश्यक सहयोग गर्न पछि पर्दैनन्। हाल उहाँ कन्स्ट्रक्सन कंपनिका साथै आफ्नै गाउँघरमा कृषिकर्ममा समेत अघि बढिरहनुभएको छ।
उहाँ संगै थाङ्पाल गुन्साका अन्य ५ जनाले पनि सकेको सहयोग नेपाल तामाङ घेदुङका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रेशम स्याङ्बो मार्फत गर्नुभएको छ। मिङ्मार स्याङ्बो, तोम्सङ पाराङ गोले (दिल्ली), मुना तामाङ(युके), माया स्याङ्बो(साईप्रस) बाट ५ हजारका दरले र चन्द्र बहादुर तामाङ गुन्साबाट १ हजार गरि एकमुष्ट २१ हजार नगद सहयोग गर्नुभएको हो।

यसरी उहाँहरु सबैले आफ्नै छिमेकी गाउँमा परेको दुख पिडामा केही मह्लम पट्टी होस् भन्ने उद्धेश्यले सकेको सहयोग पठाउनुभएको युवा समाजसेवी पदम तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। उहाँले हामीले जहाँ, भएपनी सबैले सकेको सहयोग गरे पिडितहरुको पिडालाई केही राहत पुग्ने आशा व्यक्त गर्नुहुन्छ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार