व्यक्तिगत खर्चमा काभ्रेका युवा नेता दावा लामाद्वारा खाद्य तथा स्वास्थ्य सामाग्री वितरण

खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु लामाले आफ्नै निजि खर्चमा खरिद गरि वितरण गराउनुभएको हो।

  प्रीतम कुमार तामाङ

काभ्रेपलान्चोक
राजनीतिमा मात्र नभै समाजसेवामा समेत आफुलाई स्थापित गर्दै आउनुभएका काभ्रेपलान्चोकका युवा नेता दावा लामाले खाद्य तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ। विश्व नै कोरोनाको महामारीमा फसिरहेको र नेपाल समेत दिनानुदिन यसको संक्रमण फैलदै गएको अवस्थामा उहाँ भनें यसबाट जनतालाई बचाउन कोरोना प्रतिरोधी स्वास्थ्य सामाग्री र विपन्नहरुका लागि खाद्यान्न लिएर गाउँ गाउँ पुगिरहनु भएको छ।

नेता दावा लामाले भुम्लु गाउँपालिका लागि स्वास्थ्य समाग्री , बिपन्न परिवारहरुका लागि खाद्य सामाग्री र सुरक्षाकर्मीहरुका लागि माक्स सेनिटाइजर पिपिइ सेट जस्ता संक्रमणबाट बच्ने आवस्यक सामाग्री हस्तान्तरण गर्नुभएको हो। सो सामाग्रीहरु लामाको निजि खर्च मै वितरण गराउनुभएको हो ।

२६०० थान माक्स , १० थान स्प्रे पम्प र १० केजि सेनिटाइजरको सामाग्री पालिकाका प्रमुख र प्रशासकीय अधिकृत मदन कुमार बजगाइ एवं स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराई लाई संयुक्त रुपमा हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रे–२ का क्षेत्रीय सदस्य एबम प्रबक्ता अन्जन राज खतिवडाले बताए। सामाग्री हस्तान्तरण कार्यक्रमको लागि नेता लामाको नेतृत्वमा बुधबार कांग्रेस   महाधिवेशन प्रतिनिधि बेल लामा, पालिका सभापति अन्चल लामा सहितको टोलि भुम्लु गाउँपालिका पुगेका थिए।

सो स्वास्थ्य सामाग्रीहरु मध्ये मास्क, सेनिटाईजर, १० थान पिपिई भुम्लु प्रहरी चौकिलाई दिनुभएको छ। त्यस्तै  स्थानीय ९६ विपन्न घरपरिवारका लागि नुन तेल चामल लगाएतका खाद्यान्न सामाग्री तथा माक्स सेनिटाइजर जस्ता अति आवस्यक स्वास्थ सामाग्री कोलाली वडा न. ६ का वडा अध्यक्ष भरत शिवभक्ती लाई हस्तान्तरण गरेका छन् ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार