नेपाल तरुण दल सिन्धुको पहलमा उठेको नगद राहत रकम लिदि पहिरो पिडितको हातहात मै वितरण

विभिन्न मनकारी व्यक्तित्वहरुबाट नगद सहयोग प्राप्त भएको थियो।

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेस तरुण दल र सिन्धुपाल्चोक काँग्रेसजनको पहलमा लिदि पहिरो पिडितहरुलाई एकमुष्ट नगद राहत प्याकेज सहित हस्तान्तरण गरेका छन्। पिडितहरुको हातहातमै नगद दिईएको हो। जस मध्ये मृतक परिवारलाई १ जना बराबर रु. १० हजारको दरले ३९ जनाको किरिया खर्च स्वरुप र विस्थापित १९ घरधुरीलाई राहत स्वरुप रु. ५ हजारका दरले पिडितका परिवारले पाए। त्यस्तै १५००० नगद सो स्थानमा स्वयंसेवकको रुपमा खटिरहनुभएकाहरुलाई दिनुभएको छ।

नगद संगै तरुण दल सिन्धुपाल्चोक र सिन्धुपाल्चोक काँग्रेसजनबाट उठेको सो रकमबाट सोलार बत्ती ७ सेट, ३/२२ तार ५ क्वायल, कालो मोटो तार ५०० मिटर, प्लगहरु, मल्टी प्लग समेत वितरण गर्नुभएको छ।

एकमुष्ट रकम यी महानुभावहरुबाट प्राप्त भएको थियो

नेपाल तरुणदल सिन्धुपाल्चोकको टिमबाट रु. १ लाख ५ हजार, पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतबाट नगद रु. १ लाख, नेपाली काँग्रेस महासमिती सदस्य जिमि लामा ७० हजार, नेपाल शेर्पा समाज सिन्धुपाल्चोक ५० हजार, आङनिमा शेर्पा UAE बाट प्राप्त सहयोग ३७ हजार र उहाँको तर्फबाट रु.१३ थप गरि ५० हजार, जुगल गाउँ पालिका प्रत्यासी उम्मेद्वार जय बहादुर लामा, पुर्व नेपाली काँग्रेस क्षेत्रीय सदस्य जंग लामा, क्षेत्र नं. १ क्षेत्रीय तरुण दल सभापति जय चन्द्र कुमार लामा, समाजसेवी मिङ्मार शेर्पा USA २५ हजार, तरुण दल महाधिवेशन प्रतिनिधि संजय लामा २० हजार, समाजसेवी च्याङ्बुटी शेर्पा २० हजार र जुगल तरुण दल लगायत समाजसेवी धनराज लामा लगायतले पनि नगद रकम सहयोग गरेका थिए।

यसरी उठेको राहत रकम लिएर आज जुगल गाउँ पालिका प्रत्यासी उम्मेदवार जय बहादुर लामा, नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष निमा शेर्पा, पुर्व क्षेत्रीय सभापति जंग लामा र तरुण दल क्षेत्रीय सभापति जयचन्द्र कुमार लामा घटना भएको लिदि गाउँ जानू भएको थियो

नेपाली काँग्रेस जुगल गाउँ पालिका प्रत्यासी उम्मेदवार जय बहादुर लामाले लिदिमा ठूलो धनजनको क्षति हुनुमा स्थानीय सरकार र नेपाल सरकारको बेवास्ताले गर्दा भएको धारणा व्यक्त गर्नुभयो। त्यहाँको सम्भावित जोखिमको बारेमा आफुलाई गाउँलेहरुले पुर्व जानकारी गराएकोमा घटना अघि नै नेपाल तरुण दल सिन्धुपाल्चोकको सहयोगमा त्रीपाल लिएर त्यहाँ वितरण गरेको कुरा स्मरण गर्दै प्रतिपक्षीले गरेको देख्दा समेत सरकारले नदेखेकोले यस्तो दु:खद घटना घट्न पुगेको उहाँको बुझाई थियो। साथै लिदिको स्थानीयको सुरक्षित स्थानमा तुरुन्तै वस्ती सार्न नेपाल सरकारले थाल्नु पर्ने र यदि चासो नदिएमा नेपाली काँग्रेसको तर्फबाट जस्तोसुकै कदम चाल्न र सहयोग गर्न पनि तयार रहेको बताउनुभयो।

त्यस्तैगरि पुर्व क्षेत्रीय सभापति जंग लामाले घटनाकै दिन लिदिको पिडामा साथ दिन र घाइतेहरुको उद्धार गर्न आउन प्रयास गर्दा गर्दै प्रतिपक्षी व्यवहार देखाएर आफुहरुलाई हेलिकप्टरको पास समेत नदिएको गुनासो गर्नुभयो। लामाले जिल्ला प्रशासन कार्यालयबाट प्राप्त टेन्ट, त्रीपाल लगायत आवश्यक ठाउँमा वितरण नगरी ठुलो क्षति भएकोले स्थानीय सरकारको ठुलो गल्ती भएकोले ३ तहको सरकारले त्यसको जवाफ दिनुपर्ने धारणा व्यक्त गरे।

नेपाल तरुण दल सिन्धुपाल्चोकका कोषाध्यक्ष निमा जङ्बो शेर्पाले राहतको लागि ठुलो हृदय पारेर पिडितहरुको लागि सहयोग गर्नुभएको नेपाल तरुण दल सिन्धुपाल्चोकका टिम र पुर्व मन्त्री नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत लगायत देश विदेशबाट सहयोग गर्नु भएका मनकारी व्यक्तित्वहरुलाई विशेष धन्यवाद ज्ञापन दिँदै अझै सहयोग जुट्ने क्रम रहेकोले पुनः सहयोगको बाचा समेत गर्नुभएको थियो।

HoT Interview By Janmabhumi Tv

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार