सिन्धु जुगल पहिरो अपडेट, एउटा टोल नै बेपत्ता, मृत्यु हुनेको संख्या ३७ पुग्यो

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, लिदि
आज बिहान ६ बजे गएको भिषण पहिरोका कारण मृत्यु हुनेको संख्या ३७ नाघेको छ। करिब २३ घर पुरिँदा एकै परिवारको ७ जना सम्म परेको वडा अध्यक्ष प्रताल लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।

अहिले घाइतेलाई आर्मीको हेलिकप्टर मार्फत उद्धार गरि चौतारा अस्पताल पुर्याईएको छ ।

प्रारम्भिक जानकारी अनुसार गोठमा सुतेर बिहान घर आउनेहरु धेरै परेको हो। बेपत्ताको संख्या पनि बढ्न सक्ने स्थानीय कान्छा तामाङले जानकारी दिनुभएको छ । बिहानै देखि स्थानीयहरुले उद्धार गरेको थियो । पहिरो झर्ने क्रम जारी रहेकोले उद्धार कार्यमा कठिन भएको छ ।

गम्भीर घाइते मध्य जुनमाया दोङ, ज्याबा रानी दोङ, पासाङ दोङ, साईला दोङ, चौतारा ल्याएको छ । त्यस्तै ह्याङ्लामो दोङलाई काठमाडौं ल्याईएको बताईएको छ ।

थप उद्धारका लागि प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरिका प्रवक्ता डिएसपी माधव प्साद काफ्लेले जानकारी दिनुभएको छ।

लिदिबासीले यो भन्दा अघि यस्तो विपत्ति कहिल्यै नदेखेको भएपनी अहिले गाउँको ठिक मुनि बन्दै गरेको ३५ मेगावाटको बलेफि हाईड्रोले गर्दा यस्तो भएको बताउँदै आएको छ । उनिहरु स्थानीयको लागि उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग राख्छन् । तर उनिहरुको पीडामा कसैले वास्त नगरेको गुनासो पोखाईरहेका छन् । केही दिन अघि गरेको भिडियो रिपोर्टिङ ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार