स्वर्गको टुक्रा देउढुङ्गा किन परे ओझेलमा ? कहाँ र कसरी जाने ?

प्रचारप्रसार प्रसारको अभावमा स्वर्गको टुक्रा जस्तो यो स्थल ओझेलमा परेका छन् ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, भोटेकोसी
सिन्धुपाल्चोकको भोटेकोसी गाउँ पालिका वडा नं. ४ मा अवस्थित देउ ढुंगा अर्थात् देवको ढुंगा धार्मिक र पर्यटकिय यात्रीहरुको लागि एक उत्कृष्ट गन्तव्यको रोजाईमा नपर्ला भन्न कसैले सकिन्न । प्रचारप्रसारको अभावमा स्वर्गको टुक्रा भन्दा पनि मनमोहक यो स्थल ओझेलमा छन् । तर पनि यहाँ पुगेका तिर्थयात्री र पर्यटकहरु पुनः फर्केर नजाने कुरै छैन । तसर्थ यस स्थलको तस्वीरहरु सामाजिक संजालमा देखिरहँदा जन्मभूमि पोष्ट ले साभार नै गरेर भएपनी प्रचार गराउन रोक्नै सकेन । तसर्थ जो जो महानुभावहरुले आफ्नो सामाजिक संजालमा तस्वीर अनि केही जानकारी लेख्नुभएको छ जस्ताको त्यस्तै साभार गरि पोष्ट गरिएको छु । यो सबै जानकारी र तस्वीरको लागि यहाँहरुको नै देन हुनेछ ।

सिन्धुपाल्चाेककाे अरनिकाे राजमार्ग बाह्रबिसे र ताताेपानिकाे बिचमा चाकु भन्ने सानाे बजार छ। जुन भाेटेकाेशि गाँउ पालिकामा पर्छ। काठमाडाैबाट लगभग ११० किलाेमिटर, बाह्रबिसेबाट ९ किलाेमिटर र जहाँ मध्यभाेटेकाेशिकाे ड्याम बन्दैछ। यहाँ बस्नेखाने व्यवस्था राम्राे छ। अब शुरु हुन्छ देउढुङ्गा यात्रा..

⏺️पहिलाे दिन:- हिउदमा हाे भने चाकु मार्मिङ्ग हुँदै  चन्दर्कु भन्ने ठाँउसम्म बाईक साथै गाडिमा जान सकिन्छ। यदि वर्षायाम र माेटरबाटाे अवरुद्ध छ भने चाकु, ह्याङ्ले, छ्यादि, सर्पाङ्ग हुँदै चन्दर्कु पैदल जान सकिन्छ। याे पैदल गएमा एकदिनमा पुगिन्छ। बिचमा सानाे सानाे गाउँ, गाँउकाे रमाईलाे किराना पसल, घना जङ्गल, खाेल्चा, पानीकाे मुहानहरु, ढुङ्गाका ठुला चट्टानहरु, बाख्रा, भेडा, गाईका गाेठहरु, पाठापाठिहरु, चराचुरुङ्गि हेर्दै रमाउदै जान सकिन्छ। र त्यस दिन चन्दर्कु वा साे भन्दा अलि अघि  भेम्दाङ भन्ने ठाँउतिर सम्म गएर बाँस बस्न सकिन्छ। जहाँ खानेबस्ने राम्राे व्यवस्था छ।

⏺️दाेस्राे दिन:- चन्दर्कु वा भेम्दाङ् बाटा अलि अगाडि गएपछि नेउपानि डाडाकाे फेदि भेटिन्छ।जुन नेउपानि डाँडा ठाडै उकालाे छ। ४/५ घण्टाकाे हिडाईमा मात्र टुप्पाेमा पुगिन्छ। याे डाँडाकाे बिचमा कतै खानेपानिकाे व्यवस्था छैन, केहिगरि गाेठहरु भेटिए मात्र पानी पिउन पाईन्छ। नेउपानि डाँडा कटेर केही अगाडितिर पुगेपछि, चाैरिगाेठहरु भेटिन्छ। जहाँ बाँस बस्न सकिन्छ।
तेस्राे दिन:- ४/५ घण्टा सिधासिधा अलिअलि उकालाे
हिडेपछि देउढुङ्गा पुग्न सकिन्छ। त्यहाँ बाँस गाँसका लागि गाेठहरु खाेज्न पर्ने हुन्छ। देउढुङ्गाबाट अलि माथि चढेपछि छारे चाैर र चाईनापट्टिकाे सिमाना र सुन्दर तालहरु पनि भेटिन्छ।

⏺️तेस्राे दिन त्यतै बस्ने हाे भने मज्जाले घुम्न सकिन्छ। नभए तल चन्दर्कुसम्म त्यसदिन फर्किन सकिन्छ।
र यात्रा लम्बाउने हाे भने देउढुङ्गा हुँदै यार्सा डाँडा हुँदै गाेल्चि हुँदै भयलिकुण्ड मान्द्रा  खानि हुँदै बाह्रबिसे निस्कन पनि सकिन्छ। लगभग २ दिन लाग्ला ।
र अर्काे तर्फ ताताेपानी खासा बजार निस्कन पनि सकिन्छ। त्यता हुँदै कालिन्चाेक दाेलखा निस्कन पनि सकिन्छ।

“धेरैले प्रश्न र चासाे गर्नुभएकाेले
धेरै वर्षअगाडिकाे सम्झनामा लेखिएकाे अलि अपुराे जानकारि हाे । केही स्पष्ट नहुन सक्छ।”
|| (सामाजिक संजालमा भेटिएको पोष्ट ” कसले लेख्नुभएको भन्ने नखुलेकोले उहाँले हामीलाई म्यासेज गरेर जानकारी दिनुभए आभारी हुनेछु – जन्मभूमि पोष्ट ) || pic: kuisang sherpa

⏺️अर्को जानकारी
“कर्मछिरिङ शेर्पाको वालबाट साभार गरिएको”
स्वर्गकाे एक टुक्रा जसलाई देउढुङ्गा भनेर चिनिन्छ।
भाेटेकाेशी गाँउपालिकामा पर्ने देउढुङ्गा भोटेकोशी गा.पा.ली वडा.नं. ४ फुल्पिङकट्टी हुदैं हिँडेर १ दिनमा शेर्मिग्यंग बोर्तोक डाँडा (शेप्जी) जुन एउटा धार्मिक स्थल पुग्न सकिन्छ। शेर्मिग्यंग देखि देउढुंगा सम्म पुग्न 1 देखि 2 घण्टा समय लाग्दछ। भैरवकुण्ड ,कालिन्चाेककाे वारपार पर्ने देउढुङ्गा स्वर्गकाे एक टुक्रा भन्दा कमि छैन ।

चाईनाकाे बाेर्डर नजिकै पर्ने यस ठाँउबाट दाेलखा,विगु र सिन्धुपाल्चाेक जिल्लाकाे मनाेरम दृश्यहरु नियाल्न सकिन्छ। पर्यटकिय हिसाबले निकै उत्कृष्ट र प्राकृतिक सुन्दरताले भरिपूर्ण यस ठाउँमा हरेक वर्षको जनैपूर्णिमामा जात्रा लाग्ने गर्दछ।  र अरुबेला पनि घुमघाम गर्नकोलागि आउन सकिन्छ, प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको यस ठाउँमा हामी सम्पूर्ण फुल्पिङकट्टी बासीहरु हजुरहरूलाई स्वागत गर्दछौं। र यस ठाउँलाई सबै समक्ष पुरै अवगत गराइदिनु होला भनी विनम्र आग्रह गर्दछौं।

| Copy Paste From Karma Tsering Sherpa |
Our beautiful village Phulping Katti rests 107 Kilometers away from Capital Kathmandu, about a 4 hour drive. It is near the borders of Nepal and Tibet and surrounded by beautiful mountains, greeneries, fresh water, and fresh air, and inhabited by beautiful, honest, hard working people and their rich culture.

Actually, there are so many beautiful things in Phulping Katti, like the multi-color birds, gentle animals, the hiking areas, the stunning views of the sunrise and sunset, water falls, so many beautiful lawns, ancient stupas, meditation caves, holy water, flowers, scented plants , medicines plants, natural organic mushrooms, organic feddal heads, organic nettle, and so much more. But so few people have any idea that such a heavenly place exists, and I often wonder how to bring greater awareness of this remote and treasured village to the outside world.

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार