जम्बु देखि कोदारी सम्मका बाढी पहिरो पिडितहरुलाई तरुण दलद्वारा नगद, चामल, त्रीपाल र हर्लिक्स

सिन्धुपाल्चोक तरुण दल टिम नै पुगे जम्बु देखि कोदारी सम्म राहत लिएर ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा परेको प्राकृतिक विपत्तिमा परेका विस्थापितहरुलाई लगातार सिन्धुपाल्चोक तरुण दलले उद्धार देखि विभिन्न राहत सहयोग गर्दै आएको छ । बाढी पहिरोले सडक अवरुद्ध हुँदा जिल्लाका तरुण अध्यक्ष दोर्जे लामाले आफ्नै व्यक्तिगत खर्चमै हेलिकप्टर पठाएर गर्भवती महिला, पहिरोमा परेको घाइते अनि एक वृद्धको उद्धार गर्नुभएको थियो । तरुण दलले सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँ पालिका अनि जुगल गाउँ पालिकामा परेको प्राकृतिक विपत्तिको खबर सुन्न साथ विस्थापितहरुको राहत र उद्धारमा खटेका थिए ।


तरुण दल जिल्ला सिन्धुपाल्चोकको टिम आफैं घटना स्थलमा राहत लिएर पुगिरहेका छन् । यसै क्रममा आज बाह्रबिसे देखि कोदारी सम्मका विस्थापित अनि पिडितहरुलाई नगद, त्रीपाल, खाद्यान्न अनि हर्लिक्स लिएर पुगे । सुरुमा जम्बु बाढी पहिरोमा मृत्यु भएका ८ परिवारलाई रु ५ हजारका दरले र त्यहीँका विस्थापितहरुलाई रु २ हजारका दरले नगद वितरण गरेका छन् । त्यस्तै गरि ड्राईपोर्टमा आश्रय लिरहेकाहरुलाई ४० बोरा चामल, ३ जना सुत्केरी महिला र १६ जना अपांगहरुलाई रु १०००/- का दरले नगद दिनुभएको हो । साथै २४ बालबालिकालाई भनें प्रत्येकलाई एक बट्टाका दरले हर्लिक्स दिनुभएको छ ।

यति मात्र नभै आजै कोदारीमा ४० बोरा चामल,  प्रत्येक परिवारलाई त्रीपाल, प्लास्टिक र १-१ बोरा चामल उपलब्ध गराएको छ । यसरी राहत सहयोगको लागि अध्यक्ष दोर्जे लामा, वरिष्ठ उपाध्यक्ष कर्म लामा, उपाध्यक्ष राजेन्द्र दोर्जे, जिल्ला सचिब जित बहादुर थिङ, जिल्ला कोषाध्यक्ष निमा शेर्पा, क्षेत्रीय सभापति जय चन्द्र लामा, महाधिवेशन प्रतिनिधि डुपछिरिङ लामा, हेलम्बु गाउँ पालिका तरुण अध्यक्ष दिप काल्जगं ब्लोन लगायत अन्य तरुण युवाहरुको संयुक्त आर्थिक संकलनमा यसरी राहत सहयोग गरिएको हेलम्बु तरुण अध्यक्ष दिप काल्जगं ब्लोनले जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको हो ।

जिल्ला अध्यक्ष दोर्जे लामाले सिन्धुको जनतालाई आईपर्ने हरेक प्राकृतिक विपत्ति देखि अन्य विपत्तिहरुमा तरुण दल हिजो पनि उत्तिकै सकृय रहेको र आज पनि उत्तिकै सशक्त रुपमा पिडित जनताको सहयोगमा जुटिरहेको बताउनुहुन्छ । अध्यक्ष लामा, महासमिति सदस्य संजय लामा सहितको प्रयासमा कोरोनाका कारण लकडाउन भएर काठमाडौंमा अलपत्र परेका हजारौंलाई हप्तौं खाना खुवाएका थिए भनें करिब १३०० परिवारलाई प्रती बोरा चामल, दाल, नुन र तेल राहत डेराडेरामा पुर्याएका थिए । जसको सम्मान स्वरुप दोर्जे लामालाई अमेरिका स्थित हामी नेपाली ग्लोबल नामक संस्थाले कोभिड हिरो अवार्डबाट समेत सम्मानित गराउनुभएको थियो । केही अन्य तस्बिरहरु;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार