खानेपानी डिभिजन सिन्धुपाल्चोकले कानुन विपरीत ३ करोड ६८ लाख १५ हजार खर्च गरेको खुलासा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
वाग्मती प्रदेश सरकार मार्फत आर्थिक वर्ष २०७५/०७६ मा परेको बजेट कानुनविपरीत अर्बौं रकम खर्चिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५७ औं वार्षिक प्रतिवेदनले विभिन्न मन्त्रालय तथा मातहतका  कार्यालय मार्फत पठाएका बजेट आफुखुशी मनोमानी रूपमा खर्चिएको देखाएको हो ।

यसै सन्दर्भमा खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोकले पनि करोडौं रुपैयाँ कानुन विपरित खर्चिएको खुलेको छ । यस कार्यालय मार्फत आएका बजेटको सार्वजनिक खरिद ऐनको उलंघन गरेको भेटिएको हो । सार्वजनिक खरिद ऐनमा एक करोड रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन सकिने उल्लेख छ । तर, खानेपानी तथा सरसफाइ डिभिजन सिन्धुपाल्चोकले सम्बन्धित खानेपानी योजनाका लागि आवश्यक एचडीपी, पीपीआर र जीआई पाइप ४३ पटकमा १ करोड ५७ लाख ६९ हजार, फिटिङ्स २७ पटकमा १ करोड ४२ लाख २३ हजार र ट्रान्स्फरमर ६८ लाख २३ हजारसमेत गरी ३ करोड ६८ लाख १५ हजारको मालसामान उपभोक्ता समितिबाट खरिद गरी आपूर्तिकर्तालाई भुक्तानी दिएको छ । जुन सरासर कानुन विपरित रहेको छ । यो समचार सुवास विडारीले ईकान्तिपुरमा लेख्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार