यो वर्ष प्रसिद्ध पाँचपोखरी मेला नगराउने पालिकाको निर्णय

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका कार्यापालिकाको ८६ औ बैठकले विभिन्न निर्णयहरु पारित गरेका छन् । जस मध्य नजिकिँदै गरेको जनै पुर्णिमाका दिन बृहत् मेला लाग्ने पालिकाको सबैभन्दा आकर्षक धार्मिक एवं पर्यटकिय गन्तव्य पाँचपोखरी लगायत पालिका भित्रका अन्य स्थानहरुमा मेला नगराउने निर्णय गरेका छन् । बिश्वमा फैलिएको कोरोना महामारीका कारण यो वर्ष मेला नगर्ने जानकारी अध्यक्ष टासी लामाले जानकारी दिनुभएको हो । उहाँका अनुसार हामी अझै पनि यो विषम परिस्थितिमा स्वास्थ्यको ख्याल  गर्नु पर्ने अवस्था भएकोले मेलामा धेरै भेला हुने स्थिती नरहेकोले सबैमा हार्दिकताका साथ आह्वान गर्नुभएको छ ।
विगतका दुई वर्ष यस गाउँ पालिकाले नेपालको उत्कृष्ट पर्यटकिय १०० गन्तव्यको सुचिमा पर्न सफल पाँचपोखरीको प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथुन दौड गर्दै आएको थियो । समुन्द्री सतह देखि करिब ४१०० मिटरको उचाईमा अवस्थित यो स्थानमा ५ वटा पोखरीहरु रहेका छन्  । जहाँ दर्शन र म्याराथुनका लागि समेत हजारौं आन्तरिक पर्यटक लगायत बिदेशीहरु समेत पुग्ने गरेको छ ।

बिशेष गरि तामाङ समुदाय पुग्ने यस धार्मिक एवं पर्यटकिय स्थलमा तामाङ समुदायका बोम्बो म्हेमे हरु र उनिहरुका आफन्तहरु जाने गर्दछन् । बोम्बोहरु बोन धर्माबाट प्रेरित भएकोले पाँचपोखरीलाई उनिहरु आफ्नो मुल गुरु शिव जिको रुपमा पुज्ने गर्दछन् । त्यस्तै बौद्ध धर्म संग प्रेरित हुनेहरु गुरु रिन्पोछेको रुपमा यस ठाउँमा दर्शनका लागि पुग्ने गरिन्छ ।

https://youtu.be/M0cUTGKxNzE

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार