संजय र रोश्नाको “ज्यान मैच्याङ” युट्युबमा

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
केही समयको अन्तराल पछि सेलो गायक संजय लामा र गायिका रोश्ना लुङ्बाको स्वरमा सझिएको “ज्यान मैच्याङ” क्लिक नेपाल युट्युब मार्फत गित सार्वजनिक गरेका छन् । सबै जातजातीले मन पराउने सेलोको बजार बढ्दै जाने क्रममा संजयको यस गितले पनि बजारमा थप उत्साह बढाउने पक्का छ ।

संजय लामा र रोस्ना लुङबाको स्वर रहेको ज्यान मैच्याङ गीतको शब्द संगीत भने गायक तथा संगितकार विश्व दोङले गरेको हो ।

नोर्बु शेर्पाको संगीत संयोजन रहेको गीत सरगम (सगु) मा रेकर्डिङ गरिएको छ भने दिपेश प्रधानले सम्पादन गरेका हुन । आफुहरुले निर्माणमा राम्रो मेहेनत गरेको र संगीतकारले पनि राम्रो सृजना गरिदिएको बताउछन गायक संजय लामा ।

गायक संजय लामाको यो भन्दा अगि पनि धेरै गीतहरु युटुब मार्फत सार्वजानिक भईसकेको छ ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउपालिका गुन्सामा जन्मेका हुर्केका संजयको जिन्दगिमा धेरै उतारचडाब आए । कहिले परदेश त कहिले देशमै रहे । जिन्दगीले जहाँ जता पुराएपनि गीत संगितलाई निरन्तरता दिइरहेका छन ।

गीत संगीतसंग आफ्नो छुट्टै सम्बन्ध भइसकेको र अब चाहेर पनि गीत संगीतबाट टाडा हुन नसक्ने बताउछन गायक संजय लामा ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार